मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०७९।०८०को लागि ६७ करोड ४४ लाख २२ हजारको अनुमानित बजेट प्रस्तुत गरेकाे छ ।

१० असारमा आयोजित दोस्रा गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै कुल ६७ करोड ४४ लाख २२ हजार बराबरको अनुमानित आयव्यय पेश गरेकी हुन् ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष नेपालीले आगामी आर्थिक वर्षमा कुल बजेटको पुँजिगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालु तर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी गराइन् ।

पूर्णपाठसहित: