मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनीक गरिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा १० असारमा आयोजित नवौं गाउँसभामा उपाध्यक्ष राजिव श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलीक र सामाजिक अवस्था कोभिड–१९ र मनसुनजन्य जलउत्पन्न प्रकोपबाट सृजित चुनौति तथा गाउँपालिकाको बिशेष प्राथमिकतामा परेका विषयलाई आधार मानि आर्थिक वर्ष २०७९/८० को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमलाल महर्जनले बताफ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका पक्षहरुलाई महत्व दिएको उनले बताए ।

हेर्नुहोस् नीति कार्यक्रमं

पालिका प्रेस
थप जानकारी