मकवानपुर थाहा नगरपालिकाको चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षको बजेट घटेको छ । चालु आर्थिक वर्षको २८ पुसमा पारित संशोधित बजेट १ अर्ब १० करोड ८७ लाख ३० हजार रहेकोमा आगामि आर्थिक वर्षका लागि थाहानगरले १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपियाँ पबजेट सभाबाट पास गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा २ करोड ३ लाख २३ हजार कम हो ।
चालु आर्थिक वर्षका लागि सशर्ततर्फ ३२ करोड २९ लाख ६ हजार, आन्तरिक स्रोत २७ करोड ११ लाख ४७ हजार, राजश्व बाँडफाँड १६ करोड ५३ लाख ४९ हजार, वित्तिय समानिकरण अनुादन १४ करोड ६० लाख २८ हजार र अन्य सरकारी अनुदान २ करोड, समपुरक अनुदान ४ करोड, ६५ लाख, विशेष अनुदान १ करोड ६८ लाख, सामाजिक सुरक्षातर्फ १२ करोड बजेट छ । आगामि आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक स्रोत १९ करोड ७९ लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट पारित भएको हो ।
थाहा नगरपालिकाको संचित कोष मौज्दात बढि भएका कारण पनि चालु आर्थिक वर्षमा बजेटको आकार घटेको हो । थाहा नगरपालिकाको चालु आर्थिक वर्षको संचित मौज्दात २० करोड ७८ लाख ३९ हजार रहेको छ । तर आगामि आर्थिक वर्ष २०७९/०८० को लागि पेश भएको बजेटमा पालिकाको संचित मौज्दात १० करोड मात्र राखिएको छ । यो मौज्दात असार मसान्तसम्म घटबढ हुन सक्छ । १० करोड संचित मौज्दात अनुमान मात्र भएको नगरपालिकाले जनाएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्