मकवानपुर थाहा नगरपालिकाको अगुवा किसानहरुका लागि एक दिने अगुवा कृषक तालिम भएको छ ।

थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा विषाधी तथा कृषक समूह व्यवस्थापनको विषयमा ११ असारमा विसिङ्खेलमा तालिम भएको हो । तालिममा थाहा नगरपालिका वडा नम्बर १० को न्हुलगाउँ, विसिङ्खेल, टौखेल, क्षेत्रका अगुवा कृषकहरु तथा विषाधी पसलका संचालहकहरु लगायतको सहभागीता रहेको थियो । सहभागी किसानहरुलाई थाहा नगरपालिका कृषि विकास शाखा अन्तर्गत वडा नम्बर १० की कृषि प्राविधिक कमला सुवेदीले सहजीकरण गरेकी थिइन् ।

वडा नम्बर १० वडा सदस्य उत्तम गोपालीको उपस्थितीमा भएको तालिम कार्यक्रम आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम संचालन गरिएको थाहा नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

 

पालिका प्रेस
थप जानकारी