मकवानपुर थाहा नगरपालिकाको अगुवा किसानहरुका लागि एक दिने अगुवा कृषक तालिम भएको छ ।

थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा विषाधी प्रयोग न्युनीकरण तथा कृषक समूह व्यवस्थापनको विषयमा १२ असारमा कलाँटूमा तालिम भएको हो । तालिममा थाहा नगरपालिका वडा नम्बर १० को कलाँटू र सोसिन्डोलका क्षत्रेका अगुवा कृषकहरुको सहभागीता रहेको थियो । सहभागी किसानहरुलाई थाहा नगरपालिका कृषि विकास शाखा अन्तर्गत वडा नम्बर १० की कृषि प्राविधिक कमला सुवेदीले सहजीकरण गरेकी थिइन् ।

वडा नम्बर १० वडा अध्यक्ष हिरा बहादुर गमालको उपस्थितीमा भएको तालिम कार्यक्रम आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम संचालन गरिएको थाहा नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी