मकवानपुर थाहा नगरपालिकाको अगुवा किसानहरुका लागि एक दिने अगुवा कृषक तालिम भएको छ ।

थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा विषाधी प्रयोग न्युनीकरण तथा कृषक समूह व्यवस्थापनको विषयमा १४ र १५ असारमा दुई भिन्दाभिन्दै स्थानमा एक/एक दिने तालिम भएको हो । १४ असारमा थाहा नगरपालिका वडा नम्बर ९ को कार्यालयमा तालिम भएको थियो । वडाध्यक्ष राजकुमार बलामीको विशेष उपस्थितीमा भएको तालिममा नारायणहिटी, माझगाउँ लगायतका क्षेत्रका किसानहरुको सहभागिता रहेको थियो ।

यसैबीच १५ असारमा वडा नम्बर ९ कै टुप्पीखेलमा भएको तालिममा टुप्पीखेल तथा आसपासका किसानहरुको सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रम वडा नम्बर ९ का वडा सदस्य रामकृष्ण कपालीको विशेष उपस्थितीमा भएको थियो । सहभागी किसानहरुलाई थाहा नगरपालिका कृषि विकास शाखा अन्तर्गत वडा नम्बर १० की कृषि प्राविधिक कमला सुवेदीले सहजीकरण गरेकी थिइन् ।

कार्यक्रम आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम संचालन गरिएको थाहा नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी