मकवानपुरको वनस्पती उद्यान दामनमा वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले ‘सेरेमोनियल प्लान्टेशन’ अभियान शुरु भएको छ । कुनै पनि अवसर तथा उत्सवमा वा कसैको स्मृतिमा गरिने रुख रोपाई कार्यलाई नै ‘सेरेमोनियल प्लान्टेशन’ भनिन्छ ।

यस्तो अभियान यसअघि वि.सं. २०७७ सालबाट मकवानपुरकै वृन्दावन वनस्पती उद्यानमा शुरु गरिएको थियो । दामनमा स्थानीय छात्रा युडेन शेर्पाको जन्मोत्सवको अवसरमा यस अभियान प्रारम्भ गरिएको हो । उनले जन्मदिन रुख रोपेर बनाए । वृक्षरोपण गर्ने, वातावरणमैत्री कार्यक्रमहरुलाई बढवा दिन यस किसिमको अभियानले सघाउ पुग्ने वनस्पती उद्यान दामनका सहायक प्रमुख सागिर हुसेनले बताए ।

‘रुख रुपौं हरियाली बढाऔं’ जस्ता नाराहरुलाई साकार बनाउन र मानिसहरूलाई आफुले मन परेको रुखबिरुवा रोप्न पाउदा खुसी हुने सहायक प्रमुख हुसेनको प्रतिक्रिया रहेको छ ।

पालिका प्रेस
थप जानकारी