मकवानपुरको दामनमा रहेको पर्वतीय वनस्पती उद्यानमा प्रवेश गर्दा शुल्क लाग्ने भएको छ । उद्यानमा २८ असारमा एक कार्यक्रमको आयोजना गरी यस बारे जानकारी गराइएको हो । वन नियमावली, २०७९ १६ असारमा राजपत्रमा प्रकाशन भएसंगै उद्यानमा प्रवेश शुल्क लाग्ने नियम कार्यान्वयनमा आएको हो । नियमावलीको नियम ८ को उपनियम ५ मा उद्यानमा प्रवेश शुल्क लगाउन सकिने व्यवस्था रहेको छ ।

स्थानीय सरोकारवालाहरुको समेत उपस्थितीमा भएको कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको प्रमुख रघुराम पराजुली, चन्द्रकला ठाकुर र वनस्पति सहायक सागिर हुसेनको उपस्थितीमा भएको कार्यक्रममा उद्यानबाट दिइने सेवाको विषयमा समेत जानकारी गराइएको थियो ।

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको प्रमुख रघुराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा होटल संघका अध्यक्ष शिव कुमार केसी, सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष डेनी श्रेष्ठलगायत स्थानीय पर्यटन व्यवसायीहरूको उपस्थिती रहेको थियो ।

उद्यान भित्र प्रवेश गर्दा लाग्ने शुल्कः

स्रोतः वन नियमावली, २०७९ को अनुसूची २

स्रोतः वन नियमावली, २०७९ को अनुसूची २

पालिका प्रेस
थप जानकारी