मकवानपुरका १० स्थानीय तह मध्ये बकैया गाउँपालिका सबैभन्दा कम बेरुजू भएको पालिका भएको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा बकैयाको जिल्लामै कम बेरुजू देखिएको हो । २९ असारमा महालेखा परीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
मकवानपुरको बकैया गाउँपालिकाको १ अर्ब ४९ करोड ३८ लाख ४० हजार रुपियाँको लेखा परीक्षण हुँदा १ करोड ५२ लाख ६८ हजार अर्थात १.०२ प्रतिशत बेरुजु कायम भएको छ । आर्थिक वर्ष २०७६/०७७ को अन्तिम लेखा परीक्षणमा जिल्लामै थाहा नगरपालिका सबै भन्दा कम बेरुजु रहेको थियो । तर थाहानगरले उक्त स्थान आर्थिक वर्ष २०७७÷०७८ मा टिकाउन सकेन । त्यसैगरी दोस्रो कम बेरुजु बागमती गाउँपालिकाको २.३३ प्रतिशत, तेस्रो हेटौंडा उपमहानगरपालिका ३.१७, चौथो स्थानमा थाहा नगरपालिका ३.९६ प्रतिशत बेरुजु कायम रहेको छ ।
त्यसैगरी इन्द्रसरोवर गाउँपालिकाको ५.०१ प्रतिशत, कैलाशको ५.३९, भिमफेदीको ४.६९, मकवानपुरगढीको ५.५६, राक्सिराङको ४.१६ र मनहरी गाउँपालिकाको सबैभन्दा बढि बेरुजु १०.२५ प्रतिशत बेरुजू रहेको प्रतिवेदनमा उल्लेख छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्