मकवानपुर यस थाहा नगरपालिका कार्यालयले अक्सिजन प्लान्ट खरिदमा गरेको टेण्डर प्रक्रियामा अनियमितता भएको भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारप्रति नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।
थाहा नगरपालिकाले १२ वैशाखमा सूचना प्रकाशन गरी बोलपत्र आव्हान गरेको थियो । पालिकाले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद प्रक्रिया अवलम्बन गरिएको बताउँदै प्रकाशित समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ । थाहा नगरपालिकाले आफ्नो वेभसाइट मार्फत ३१ असारमा सूचना प्रकाशन गरी स्पष्ट पारेको हो ।
सूचनामा भनिएको छ,–‘सञ्चार माध्यमहरुमा आएको समाचारमा उल्लेख भए झै अक्सिजन प्लान्ट खरिदमा प्रक्रिया गलत नभएको स्पष्ट पार्न चाहान्छौं ।’ यस विषयमा कोही कसैलाई विस्तृत जानकारी लिनू परेमा प्रचलित ऐन कानून बमोजिम सम्पूर्ण विवरण कार्यालयको तर्फबाट सहजै उपलब्ध गराउन सकिने सूचनामा उल्लेख गर्दै नगरपालिकाले विना तथ्य र हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।
हेर्नुहोस् खरिद प्रक्रिया सम्बन्धी भएका प्रक्रियागत केही कागजातहरुः
स्रोतः संलग्न प्रमाणहरु थाहा नगरपालिका कार्यालय ।

























































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्