मकवानपुरको शीतोष्ण वागवानी केन्द्र र बाख विकास फार्म चित्लाङको उत्पादन लागतमै प्रश्न चिन्ह उब्जिएको छ । महालेखा परीक्षकको कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा यस्तो उल्लेख भएको हो ।

शीतोष्ण वागवानी केन्द्र दामनमा उत्पादन सामाग्रीमा ३९ लाख ३ हजार खर्चिएकोमा १३ लाख ८६ हजार अर्थात लागतको ३५.५२ प्रतिशत मात्र आम्दानी गरेको छ । यसलाई प्रतिवेदनमा न्यून आय भनी उल्लेख गरिएको छ ।

त्यस्तै बाख्रा विकास फार्म चित्लाङको झनै उत्पादन लागतमा झनै कम देखिएको छ । फार्मले उत्पादन सामाग्रीमा ८१ लाख ९२ हजार लगानी गरेकोमा जम्मा १५ लाख ३५ हजार अर्थात १८.७३ प्रतिशत मात्र आम्दानी गरेको छ । महालेखाले फार्म संचालनमा दक्षता नभएको भन्दै अध्ययन विश्लेषण गर्न भनेको छ ।

पालिका प्रेस
थप जानकारी