धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) को मुल्याङ्कन गरे वापत २ लाख २९ हजार रुपियाँ सेवा शुल्क लिएका छन् ।

बागमती प्रदेशमै ९३ अंकसहित प्रथम भएको निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सेवा शुल्क लिएका हुन् । लिएको उक्त रकम असुल्न भनिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा यस्तो उल्लेख भएको हो । बाह्यि मूल्याङ्कनकर्ताबाट मुल्याङ्कन गराउनु पर्नेमा निलकण्ठका प्रमुख प्रशासकीय अधिकृत आफैले मूल्याङ्कन गरेको प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो पालिका प्रथम हुनका लागि स्वमुल्याङ्कनका लागि मुल्याङ्कन वर्षको प्रमाण नभई आर्थिक वर्ष २०७६/०७७ को विवरण देखाएर अंक प्रदान गरिएको समेत प्रतिवेदनमा लेखिएको छ । महालेखाले मुलयाङ्कन नतिजामा विश्वसनियता नभएको भनेकोे छ ।

यस्तो छ, प्रतिवेदनः

 

 

पालिका प्रेस
थप जानकारी