घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर सहित बिभीन्न जिल्लाका घरेलु कार्यालयहरुले बिना प्रतिस्पर्धा समान खरिद गरिएको पाइएको छ । २० लाख रुपैयाँ भन्दा माथी रकमको सामान खरिद गर्दा बोलपत्रको माध्यमले सामान खरिद गर्नुपर्ने भएपनि आर्थिक वर्ष २०७७/०७८ मा प्रतिस्पर्धा बिना सामान खरिद गरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले २६ लाख ७९ हजार रुपैयाँ लागतमा सामान खरिद गर्दा प्रतिस्पर्धा बिनानै खरिद गरेकोमा महालेखाले प्रश्न उठाएको छ । यसैगरी घरेलु तथा साना उद्योग कार्यालय रामेछापले ५९ लाख रुपैयाँमा मेसीनरी तथा बिभीन्न सामान खरिद गर्दा बोलपत्रको माध्यमबाट नगरीकन सोझै खरिद गरेको जनाएको छ ।

महालेखाले औल्याएको प्रतिवेदन:

Leave a reply

पालिका प्रेस
थप जानकारी