मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० को आयोजनामा किसानहरुका लागि व्यवसायिक कृषि सम्बन्धी चारदिने तालिम सकिएको छ । तालिम ५ देखि ८ साउनसम्म नाटेश्वर मावि टौखेलमा संचालन भएको हो । वडा कार्यालयको आर्थिक सहयोगमा भएको तालिममा १० नम्बर वडाका अगुवा तथा व्यवसायिक तरकारी खेती गरिरहेका किसानहरुको सहभागिता रहेको थियो ।

थाहानगरको चित्लाङमा क्रियाशील स्वच्छन्द साना किसान कृषि सहकारी संस्था लिमिटेडको समेत सहयोगमा संचालन भएको तालिममा वडाका ३५ जना किसानहरुको सहभागिता रहेको थियो । वडा नम्बर १० की कृषि प्राविधिक कमला सुवेदीले संयोजन गरेकी तालिमका सहभागीहरुलाई किसान केयरका राजीव रमण न्यौपानेले प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रम १० नम्बर वडाध्यक्ष हिरा बहादुर गमालको विशेष उपस्थितीमा भएको थियो । कार्यक्रममा सहभागीहरुले तालिम निकै प्रभावकारी भएको बताए । उनीहरुले यस किसिमको तालिम संचालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिए । सहभागीहरुले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउँदै यस किसिमको तालिम आयोजनालाई निरन्तरता दिन वडा कार्यालयलाई अनुरोध गरेका छन् ।

व्यसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरुका लागि प्रयोगात्मक अभ्याससहित भएको तालिममा वडा नम्बर १० का वडा सदस्यहरु उत्तम गोपाली, सर्मिला बस्नेत, स्वच्छन्द साना किसान कृषि सहकारी संस्था लिमिटेडकी व्यवस्थापक शुक्ला गोपाली, कृषि प्राविधिक कमला सुवेदी, जनप्रतिनीधिहरु तथा किसानहरुको सहभागिता रहेको थियो ।

तालिम समापनको अवसरमा सहभागीहरुलाई वडा अध्यक्ष गमालले प्रमाणपत्र वितरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी