मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तथ्याङ्कमै नभएका विद्यार्थीलाई छात्रवृत्ती बाँडेको तथ्य बाहिर आएको छ ।
इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा पालिकाको आइइएमआइएसमा २ सय ६५ विद्यार्थीलाई छात्रवृत्ती वितरण गर्न योग्य तथ्याङ्क देखिएकोमा पालिकाले विभिन्न तीन विद्यालयलाई ३ सय ६ जना अर्थात ४१ जना बढिलाई छात्रवृत्ति रकम निकासा गरेको प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयहरुमा छात्रवृत्ति रकम भुक्तानी गर्दा आइइएमआइएसमा उल्लेखित छात्राहरुको अदावधिक संख्या अनुसार भुक्तानी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार बालतिर्थ प्रावि खानीखेतलाई २६ जना छात्रालाई दिनूपर्नेमा ३१ जनालाई, कालिदेवी मावि चखेलका १ सय ५ जनालाई दिनूपर्नेमा १ सय १७ र वत्सलादेवी माविका १ सय ३४ जनालाई दिनूपर्नेमा १ सय ५८ छात्रालाई दिइएको छ । बढि निकासा भएको १६ हजार ४ सय रुपियाँ सम्बन्धीत विद्यालयबाट असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
छात्राहरुलाई जनही ४ सयका दरले छात्रवृत्ती दिनुपर्ने नियम छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्