मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा खोलाबाट संकलन गरिने ढुङ्गा, गिट्टी, वालुवाको कर संकलनमा ठुलो रकमको बदमासी भएको पाइएको छ । मनहरी खोलाबाट आईई गरेको परिमाण भन्दा कम कर संकलन गरेको भन्दै महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

महालेखाले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा गाउँपालिकालाई नोक्सानी हुनेगरी अमानतमा तोकिएको भन्दा कम कर संकलन गरेको जनाएको छ । जनप्रतिनिध र कर्मचारीबाट एक करोड १८ लाख ९९ हजार ३ सय ६७ रुपैयाँ असुल गर्न महालोले सुझाब दिएको छ । आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गाउँपालिकालाई हानी नोक्सानी पुग्नेगरी अमानतमा कर संकलन गरिएको जनाएको छ ।

मकवानपुरको मनहरी खोलाको मनहरी पुलदेख ५ सय मिटर उत्तरदेखि चैनपुर गोराङ्दी दोभान सम्मको खोलाबाट ढुङ्गा, गिट्टी, वालुवाको कर संकलनगर्दा अमानतमा संकलन गर्ने निर्णय गर्ने पदाधिकारी र कर संकलन गर्ने कर्मचारीबाट रकम असुल गर्न महालेखाले सुझाब दिएको हो ।

महालेखाले प्रतिवेदनमा उल्लेख गरेको सुझाब यस्तो छ ।

पालिका प्रेस
थप जानकारी