फोटो साैजन्यः चन्द्रकान्त चाैधरी

कृषि विकास बैंक बागमती प्रदेश कार्यालय बिरेन्द्रनगर चितवनको सहयोगमा मकवानपुरगढी गाउँपालिका मकवानपुरमा डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्र स्थापना भएको छ । बैकका निर्देशक रघुनाथ न्यौपानेले डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्र स्थापनाका लागि एक समारोहकाबीच केयोस मेशिन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानलाई हस्तान्तरण गरे ।

सेवा केन्द्र स्थापनासँगै एक वर्षसम्म प्राविधिक सहजीकरणका लागि जियो कृषि र मकवानपुरगढी गाउँपालिकासँग सम्झौता भएको छ । २० साउनमै भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र जियो कृषिका प्रतिनिधि सन्दिप देवकोटाले सम्झौता पत्र आदान प्रादान गरेका छन् । डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्रको फोकल पर्सनको पालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीलाई तोकिएको छ ।

फोटो साैजन्यः चन्द्रकान्त चाैधरी

सेवा केन्द्रले विशेषतः युवा कृषकहरु माझ कृषि सम्बन्धीका प्राविधिक परामर्श सेवा र सूचना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिईएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । उक्त प्रविधिमा यसमा कृषकहरुले आफ्नो खेतिपाती तथा पशुपालन सम्बन्धिको विवरण राखेपछि गाउँपालिकामा त्यसको विवरण डिजिटल माध्यमबाट हेर्न सकिनेछ । कृषकहरुको खेतबारी एवम् पशुपालनमा देखिएका समस्याहरु फोटो अथवा आवाज रेकर्ड गरेर पठाएपछि विज्ञबाट आवश्यक सल्लाह सुझाव म्यासेजको रुपमा कृषकहरुले प्राप्त गर्न सकिने सो प्रविधिमा व्यवस्था छ ।

सेवाकेन्द्र मार्फत अब मकवानपुरगढीका किसानले कृषकहरुले खेती प्रविधि, पशुपालन, रोगकिरा व्यवस्थापन, मलखाद प्रयोग तथा मौसम सम्बन्धीको जानकारी घरमै बसी मोवाइल प्रयोग गरेर हेर्न सक्नेछन् ।

मकवानपुरगढी गाउँपालिकामै डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्र स्थापना

कार्यक्रममा कृषि विकास बैंक बागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रबन्धक नुर प्रसाद गौतम, कान्तिराजपथ शाखाका प्रबन्धक ध्रुुब प्रसाद पौडल, भ्यालुचेन सहजकर्ता ईश्वरराज पन्त, वडा नम्बर ५ का वडाध्यक्ष एवम् प्रवक्ता दिपेश दाहाल, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल गाउँपालिका विभिन्न शाखाका शाखा प्रमुखहरु र अगुवा कृषकहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी