अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा स्थानीय तहविरुद्वको उजुरीको चाङ लागेको छ ।अख्तियारमा देश संघीयतामा गएपछि सबैभन्दा प्रभावकारी मानिएको स्थानीय सरकारविरुद्वको उजुरीको चाङ लागेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा गत आर्थिक वर्ष २०७८÷०७९ मा स्थानीय तहविरुद्वको अनियमितताको उजुरी सबैभन्दा बढि परेको पाइएको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा स्थानीय तहविरुद्व ७ सय ७८ उजुरी स्थानीय तहविरुद्वमा परेका छन् ।

यसअघिको आर्थिक वर्ष २०७७÷०७८ मा स्थानीय तहविरुद्वको उजुरी ५ सय १८ वटा उजुरी परेको थियो । यी दुई आर्थिक वर्षको तथ्यांकलाई हेर्दा अख्तियारमा स्थानीय तहविरुद्वको उजुरीको संख्या बढ्दो अवस्थामा रहेको देखिन्छ । आयोग कार्यालय हेटौंडामा अघिल्लो आर्थिक वर्षमा परेको कुल ९ सय २९ वटा उजुरीमध्ये ५ सय १८ वटा उजुरी स्थानीय तहविरुद्ध परेको थियो भने गत आर्थिक वर्षमा एक ६ सय वटा उजुरी मध्ये ७ सय ७८ उजुरी स्थानीय तहविरुद्वको रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तैगरि २ सय ८९ उजुरी शिक्षासँग सम्बन्धित छन् ।

कार्यालयको क्षेत्राधिकार भित्र पर्ने ११ वटा जिल्लाहरुमा सबैभन्दा बढी बढि उजुरी बाराबाट ३ सय ९१ र सबैभन्दा कम उजुरी रसुवाबाट ३ वटा मात्र परेको छ । आयोगले गत आर्थिक बर्षमा ७० दशमलब ७५ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । आयोगको हेटौंडा कार्यालयमा परेका एक हजार ६ सय वटा उजुरी मध्ये एक हजार एक सय ३२ वटा उजुरीको फछ्र्यौट गरेको छ । स्थानिय तहमा उजुरी बढ्ने क्रम बर्षदर बढ्दो रहेको आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी उपसचिव विष्णु प्रसाद सापकोटा बताउँछन् । उनका अनुसार निर्माणमा अनियमितता सम्बिन्ध उजुरी सबैभन्दा बढि पर्ने गरेका छन् । सापकोटाका अनुसार उजुरीको प्रकृतिलाई हेर्दा विद्यालयको भवन निर्माणमा अनियमितता, राजस्व हिनामिना, विद्यालय कोषको रकम हिनामिना, शिक्षक कर्मचारी नियुक्तिमा अनियमित्तता जस्ता विषयमा उजुरी धेरै रहेका छन् ।

त्यसैगरी उपभोक्ता समितिमार्फत हुने काममा अनियमितता, सार्वजनिक जग्गा अतिक्रमण, खर्चको अपारदार्शिता, कर्मचारी नियुक्तिमा अनियमितता, वडाका अध्यक्षहरुले सिफारिस गरेर राजस्व हिनामिना गरेको, कर्मचारीहरुको सुविधालगायतका विषयमा उजुरी पर्ने गरेको सापकोटाले जानकारी दिए । उनका अनुसार कार्यालयमा बारा जिल्लाको उजुरी धेरै परेको छ । अख्तियारको हेटौंडा कार्यालयको क्षेत्राधिकार भित्र पर्ने रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा गरी ११ जिल्लामा सबैभन्दा धेरै बारा जिल्लाको उजुरी परेको हो । सापकोटाले अख्तियारमा बाराको मात्रै ३ सय ९१ उजुरी परेको जानकारी दिए । उनको अनुसार सबैभन्दा कम उजुरी रसुवाको परेको छ । गत एक आर्थिक वर्षभरिमा रसुवाबाट भ्रष्टचारको उजुरी ३ वटा मात्रै परेको छ ।

त्यस्तै रौतहटमा ३ सय ७४, मकवानपुरमा ३ सय १०, पर्सामा २ सय ८६ वटा उजुरी परेका छन् । त्यस्तै चितवनमा १ सय ६६, दोलखा र धादिङमा १८–१८, काभ्रेपलाञ्चोकमा १५, रामेछापमा अघिल्लो आवबाट सरि आएको १२, नुवाकोटमा ४ र सिन्धुपाल्चोकमा ३ वटा उजुरी परेका थिए । जसमा कुल १ हजार १३२ वटा उजुरीको फछ्र्यौट भएको छ भने ४ सय ६८ उजुरी फछ्र्यौट हुन् बाँकी रहेको प्रवक्ता सापकोटाले बताए ।

पालिका प्रेस
थप जानकारी