मकवानपुरको बागमती गाउँपालिकाले बिना विल भरपाई बिद्यालयलाई एक करोड ६७ लाख ८० हजार रुपैयाँ रकम भुक्तानी गरेको पाइएको छ ।

गाउँपालिकाले बागमती गाउँपालिका वडा नम्बर–८ मा रहेको जनता माध्यमिक बिद्यालयलाई भौति पूर्वाधार निर्माणको काम गरेको कुनैपनि विल, भरपाई यो रकम भुक्तानी गरेको महालेखा परिक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले नमुना बिद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने कामका लागि रकम बिद्यालयको खातामा भुक्तानी गरेपनि विल, भरपाई, कार्य सम्पन्न प्रतिवेदन केही पनि उलब्ध नगराएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

बिना आधार भुक्तानी गरेको रकम असुल गर्न पनि महालेखा परिक्षकको कार्यालयले सुझाब दिएको छ ।

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन यस्तो छ ।

पालिका प्रेस
थप जानकारी