स्थानीय तहहरुले वार्षिक रुपमा गरेको कार्य प्रगति मूल्यांकनलगायतका आधारमा मकवानपुरको १० पालिकामध्ये विकट राक्सिराङ गाउँपालिका प्रथम घोषित भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको बुधबार सम्पन्न आठौं जिल्ला सभाको अवसरमा स्थानीय तह संस्थागत स्वमूल्यांकन कार्यविधि २०७८ को अंकभारसमेतको आधारमा ६३ दशमलव २ प्रतिशत अंक प्राप्त गरेको उल्लेख गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजालगायतले गाउँपालिकालाई सम्मानपत्र हस्तान्तरण गरेको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले संयुक्त रुपमा सम्मानपत्र ग्रहण गरेका थिए ।

जिल्ला समन्वय समिती आन्तरिक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी सम्मानपत्र प्रदान गर्दै आएको छ । जिल्ला समन्वय समितिको मूल्यांकनअनुसार ईन्द्रसरोवर गाउँपालिका दोस्रो र बागमती गाउँपालिका तेस्रो भएका छन् ।

पालिका प्रेस
थप जानकारी