स्थानीय तह निर्वाचनमा उमेद्वार भएका मकवानपुर जिल्लाका १० स्थानीय तहका १ हजार ९ सय ३१ जना उमेद्वारले आफ्नो निर्वाचनको खर्च विवरण नबुझाएको सूचना सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले १ भाद्रमा स्थानीय तह अनुसार खर्च विवरण नबुझाउने उमेद्वारको नामावली वेभसाइटमा प्रकाशन गरेको छ । प्रकाशित सूचना अनुसार मकवानपुरको थाहा नगरपालिकाका २ सय ४० उमेद्वारले निर्वाचन आयोगमा खर्च विवरण पेश नगरेको उल्लेख छ ।

त्यस्तै इन्द्रसरोवर गाउँपालिकाको ८९, कैलाशको १ सय ७३, बकैयाको २ सय ३४, बागमतीको १ सय ६७, भिमफेदीको १ सय ३५, मकवानपुरगढीको १ सय ३४, मनहरीको २ सय २१, राक्सिराङ गाउँपालिकाको १ सय ५१ र हेटौंडा उपमहानगरपालिकाको ३ सय ८७ उमेद्वारले निर्वाचन आयोगमा खर्च विवरण पेश नगरेको सूचनामा उल्लेख छ ।
कानुन अनुसार स्थानीय तह सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र आयोगमा खर्च विवरण पेश गर्नुपर्ने भएपनि उमेद्वारहरुले पेश नगरेको निर्वाचन आयोगले जनाएको छ ।

हेर्नुहोस् मकवानपुरलगायत बागमती प्रदेशका खर्च विवरण पेश नगर्ने उमेद्वारहरुको नामावलीः

 

 

पालिका प्रेस
थप जानकारी