मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा स्थापना भएको डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्रसँग जोडिनको लागि किसानहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । कृषि विकास बैंक कान्तिराजपथ शाखा हेटौडाको आयोजनामा वित्तिय शिक्षा तथा व्यवसाय साक्षरता कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी कृषकहरुलाई मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले कार्यक्रममा सहभागी कृषकहरुलाई प्रमाण पत्र वितरण गरिन् । सो अवसरमा डिजिटल कारोबार गर्नको लागि कृषि विकास बैकले उपलब्ध गराएको एम्पोस मेशिन मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाललाई हस्तान्तरण गरिएको छ ।

डिजिटल कृषि सूचना तथा परामर्श सेवाको विषयमा कृषि अधिकृत चन्द्कान्त चौधरी र कृषि विकास बैंकका मूल्य श्रृंखला सहजकर्ता ईश्वर राज पन्तले सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी