मकवानपुरको दामनमा रहेको शितोष्ण वागवानी नर्सरी केन्द्रले आर्थिक वर्ष ०७८/०७९ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम सार्वजनिकीकरण भएको छ । नर्सरी केन्द्रको सभाहलमा १० भाद्रमा केन्द्रका प्रमुख रवि कुमार केसीले समिक्षा र योजनाको प्रस्तुतीकरण गरिएको हो ।

कार्यक्रममा केन्द्र प्रमुख रवि कुमार केसीले केन्द्रमा आर्थिक वर्ष २०७८/०७९ को वजेट विनियोजन तथा खर्चको स्थिति, केन्द्रको उपलब्धि र समस्या तथा चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए । केसीले प्रदेश तथा संघले दिने बजेटले केन्द्रको विकासमा अपुग रहेको र यस्ले समस्या परेको बताउदै स्थानीय तहले पनि वागवानी केन्द्र दामनलाई आफ्नै सम्पत्ति ठानेर लगानी तथा सहयोग आग्रह गरे । यसका लागि थाहा नगरपालिकासंग सहकार्य गर्न तयार रहेको धाराणा राखे ।

वार्षिक समिक्षा कार्यक्रमका प्रमुख अतिथि एवम् नगर प्रमुख विष्णु विष्टले वागवानी केन्द्र सधै घाटामा संचालन हुनु दुखद भएको बताए । प्रमुख विष्टले नर्सरी केन्द्र नयाँ ढंगले संचालन व्यवस्थापन गर्न सोच्नुपर्ने बेला आएको बताए । उनले वागवानी केन्द्रलाई इकोटुरिजमको अवधारणामा पनि अघि बढाउन सकिने सुझाए । प्रदेशस्तरीय नर्सरी केन्द्रले कृषकको माग अनुसारको बीउ उत्पादन गर्न सके उद्देश्य पनि सफल हुने र किसानले पनि फाइदा पाउने नगर प्रमुख विष्टको भनाइ थियो । उनले मागका आधारमा योजना निर्माण गरी कार्यानवयन गर्न बागवानी नर्सरी केन्द्रलाई सुझाव दिएका छन् ।

बागवानी केन्द्रका प्रमुख रवि कुमार केसीको सभाध्यक्षतामा भएको समिक्षा कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले, वडा न १ का वडा अध्यक्ष हेरमान गोपाली, २ का बम बहादुर सिन्तान, ३ का हिरेन्द्र कुमार रायमाझी, ४ का नारायण लामा, ५ का बिष्णु बहादुर गुरुङ, ७ का शिवराज थिङ, नगर कृषि शाखा प्रमुख संजय तिवारी, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, रोजगार संयोजक कुमार नेगी, सुचना अधिकारी सुरज कुमार भुजेल, थाहापाटिका कार्यकारी सम्पादक शम्भु अधिकारी, होटल एशोसियसन थाहाका अध्यक्ष शिवकुमार खत्री लगायत केन्द्रका कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी