मकवानपुर थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय स्थल तथा पार्कहरुलाई सुरक्षा तथा व्यवसायिक दृष्टिकोणबाट लिजका दिई संचालन गर्ने तयारी थालेको छ । नगरस्तरीय तथा वडास्तरीय पर्यटकीय क्षेत्र र पार्क लिजमा दिने तयारी थाहानगरको छ ।

थाहानगरको १९ भाद्रमा भएको कार्यपालिका बैठकमा ‘पर्यटकीय स्थल तथा पार्कहरु लिजमा दिइ संचालन गर्ने सम्बन्धी कार्यविधि, २०७९’ को मस्यौदा माथि छलफल भएको छ । कार्यविधि आगामि बैठकबाट पास हुने बुझिएको छ । तर नगरपालिकाले पर्यटकीय क्षेत्रहरु लिजमा दिने सम्बन्धी आन्तरिक कार्यहरु अगाडि बढाउने निर्णय भएको पालिकाले सार्वजनिक गरेको बैठकको निर्णयमा उल्लेख छ ।

त्यसैगरी थाहा नगरपालिका वडा नम्बर ९ मा च्वाइस नेपालसंगको लागत साँझेदारीमा टाइप–२ डिजाइनको चित्लाङ स्वास्थ्य चौकी भवन निर्माण गर्नका लागि पालिकाले लागत साँझेदारी गर्ने पनि कार्यपालिकाले निर्णय गरेको छ । निर्णयमा कति बजेट लागत साँझेदारीमा लगाउने भन्ने विषय नखुलाएको भएपनि पालिकाको म्याचिङ फण्ड मार्फत साँझेदारी गर्ने निर्णयमा उल्लेख छ । त्यस्तै थाहा नगरपालिकाको १२ वटै वडामा वैदेशिक रोजगारबाट फर्किएकाहरको तथ्याङ्क संकलन गर्नका लागि प्रत्येक वडाबाट १÷१ जना तथ्याङ्क संकलन छनोट गरि पठाउन वडालाई पत्राचार गर्ने पनि निर्णय भएको छ ।

सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुमा केहीमा विवरण एकिन हुन नसकेको उल्लेख गर्दै असोजको पहिलो साताभित्र वडा समितिको बैठक बसी विवरण एकिन गरी नगरपालिकामा पठाउन वडा कार्यालयलाई भनिएको छ । वि.सं.२०७९ असार २७ गतेको कार्यपालिका बैठकको निर्णयानुसार २०७९ वैशाख र जेठ महिनामा गएको बाढी पहिरोबाट नगरपालिकाका विभिन्न सडकहरुमा आएको पहिरो पन्छाउने कार्यमा भएको खर्चको भुक्तानी चालु आर्थिक वर्ष मा गरिने निर्णय भएको छ । उक्त रकम भुक्तानी गर्दा प्रति वडा ३ लाखबाट नबढ्ने गरी भुक्तानी गरिने कार्यपालिकाको निर्णय छ ।

निर्णयहरूः

पालिका प्रेस
थप जानकारी