कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक स्थानीय तह एक कृषि तथा पशु प्राविधिक सेवा कार्यक्रम निरन्तर रहेको जनाएको छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै केही स्थानीय तहले करारका नियुक्त प्राविधिकलाई सेवाबाट हटाएको गुनासो आएको भन्दै मन्त्रालयले त्यसो नगर्न स्थानीय तहहरूको ध्यानाकर्षण गराएको हो ।

२०७३ सालदेखि यो कार्यक्रम अन्तर्गत २ हजार ५५० जना प्राविधिक रहेको र त्यसका लागि सङ्घले व्यहोर्नु पर्ने बजेट यो वर्ष पनि निरन्तर रहेको मन्त्रालयले प्रस्ट पारेको छ । चालु आवका लागि प्राविधिकहरूको ६ महिनाको तलब र चाडपर्व खर्चका लागि बजेट स्थानीय तहमा पठाइसकिएको पनि मन्त्रालयले जनाएको छ ।

हाल कार्यरत यस्ता प्रविधिकहरुलाई कार्यसम्पादनका आधारमा निरन्तरता दिन र सबै स्थानीय तहमा कार्यक्रमलाई निरन्तरता दिन पनि मन्त्रालयले भनेको छ । एक गाउँ, एक प्राविधिक व्यवस्थापन कार्यविधि २०७३ अनुसार स्थानीय तह र संघीय सरकारको आर्थिक योगदानमा हरेक स्थानीय तहमा राजपत्राङ्कित अनंद्वितीय श्रेणीका प्राविधिकहरू सहायक पदमा करार नियुक्त भएर काम गरिरहेका छन् ।

पालिका प्रेस
थप जानकारी