थाहा नगरपालिकाको विकास घरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर र स्थानीय महासंघ थाहा नगरपालिकाको आयोजनामा स्थानीय वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्वयनको लागि समन्वयनको लागि समन्वयात्मक वैठक भएको छ ।

कार्यक्रममा नीति नियमको कार्यान्वयनमा स्थानीय तहले अधिकार प्राप्त गरे कि गरेनन् भन्ने बिषयमा समेत छलफल भएको थियो । वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी बनाउनको लागि समन्वयात्मक बैठक बसेको हो । बैठकमा सहभागी स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीहरुले वनका ऐन नियम परिवर्तन गरी काठ तथा वन्य सामाग्रीको उपयोगमा नागरिकहरुलाई सहजता प्रदान गर्नुपर्ने बताए । स्थानीय वन उपभोक्ता महासंघका उपाध्यक्ष गणेशमान श्रेष्ठले थाहा नगरपालिकाले स्थानीय वन ऐन बनाउन आनाकानी गरिरहेकोले दबाब सृजना गर्नु आवश्यक रहेको बताउँदै वनले गर्दा नगरलले प्राप्त गर्ने रोयल्टी वन संरक्षणमा खर्च गर्नुपर्नेमा सडक बनाउदै हिड्ने गरेकोमा दुखेसो गरेका थिए उनले नगर भित्र क्रसर आदि खोल्दा वातावरणीय प्रभाव मुल्यांकन हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सामुदायिक वन अधिकार सुनिश्चिततता कार्यक्रम वन ऐनको समिक्षा विषयक कार्यपत्र प्रस्तुत गरेकी गरिएको थियो । कार्यक्रममा स्थानीय वन ऐन निर्माण कार्यान्वयनको तहमा संशोधन, संघीय र प्रदेश वन ऐन वारे छलफल भएको थियो । थाहानगर वडा नम्बर ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता तथा स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ थाहाका अध्यक्ष शिवराम थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, फेकोफन नेपाल मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, महासंघ जिल्ला सचिवालय सदस्य शम्भु प्रसाद न्यौपाने, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी फेकोफनका थाहा उपाध्यक्ष गणेशमान श्रेष्ठ, फेकोफन मकवानपुरका कर्मचारी सन्ध्या शिवाकोटी लगायत स्थानीय सामुदायिक वन उपभोक्ता समिती सदस्यहरु एवम प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

पालिका प्रेस
थप जानकारी