मकवानपुरको राक्सिराङ गाउँपालिकामा पहिरोमा परी एकजनाको ज्यान गएको छ ।

राक्सिराङ–६ मागेनीमा पहरोमा परी स्थानीय ४७ वार्षिय तोक बहादुर चेपाङको घटनास्थलमै ज्यान गएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । चेपाङको परिवारसहित ससुराली जाँदै गर्दा माटोको ढिस्को झरेर पुरिएर मृत्यू भएको प्रारम्भिक जानकारी आएको मल्ले बताए ।

घटनास्थल तर्फ वडास्तरीय विपद व्यवस्थापन स्वयंसेवक जाँदै गरेको पालिका अध्यक्ष मल्लको भनाइ छ । उनले इलाका प्रहरी कार्यालय मनहरीलाई समेत जानकारी गराइसकेका छन् ।

निरन्तर वर्षा भइरहेकोले सतर्क रहन गाउँपालिकाले आग्रह समेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी