वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ। गाउँघरमा वर्षमा एक पटक भए पनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ। विशेषगरी दशैंको बेलामा पिङको छुट्टै महत्त्व हुन्छ।

विगतका वर्षहरुबाटै पिङ हाल्ने प्रचलन छ । तर यो दर घट्दै गएकाे छ । दशैं मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे। तर विस्तारै पिङ हाल्ने प्रचलन हराउँदै गएको छ। आजभोलि ग्रामीण भेगमा पनि निकै कमै मात्र पिङ देख्न सकिन्छ।

पहिला-पहिला दशैं आउनु अगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको स्राथानीय राजकुमार श्रेष्ठले बताए। ‘दशैंमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘आजभोलि त पिङ पनि देख्न छाडियो।’

कतिपय स्थानमा भने्र पालिकाहरूले पिङ हाल्नकाे लागस सहयोग गर्दै पिङ संस्कृति जोगाउन थालेका छन् ।

हेर्नुहोस मकवानपुर थाहानगर क्षेत्रमा हालिएको पिङका फोटोहरूः

 

 

गणेश विष्ट
थप जानकारी