फाइल फोटो ।

गत आर्थिक वर्ष २०७८/७९ मा सडक विभागले ६१८ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक विभागले गत वर्ष १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्यको ३४.३३ प्रतिशत मात्रै प्रगति भएको विभागले जानकारी दिएको छ ।

त्यसैगरी विभागले गत वर्ष ३३५ किलोमिटर सडकमा ग्राभेल गरेको छ । तर, लक्ष्य भने ८०० किलोमिटरको थियो । २८० किलोमिटर कच्ची सडक खनेको विभागले ४२३ किलोमिटर सडकलाई पुनः निर्माण तथा पुनर्स्थापना गरेको छ ।

२५० किलोमिटर सडक आवधिक र नियमित मर्मत पनि भएको विभागले जनाएको छ । ३०० वटा पुलको निर्माण सक्ने लक्ष्य रहेकोमा गत वर्ष २८२ वटा पुलको निर्माण सकिएको विभागले जनाएको छ ।

विभागले गत वर्ष ५५.१८ प्रतिशत वित्तीय प्रगति हात पारेको थियो ।

पालिका प्रेस
थप जानकारी