बुढीचौरमा कृषक बालानन्द तिमल्सीनाले लगाएको फापर खेती । फोटो सौजन्य: कर्णराज विश्वकर्मा

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को बुढीचौरमा फापरखेती मौलाएको छ । बुढिचौर क्षेत्रमा किसानले छरेको फापर ढकमक्क फुलेको छ ।

पालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रैथानेबाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत बाँझो जमिनमा रैथानेबाली (फापर र जौ) खेती गरेवापत प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम बमोजिम बुढीचौरमा एक हेक्टर बाँझो जमिनमा खनजोत गरि फाँपर खेती गरिएको मकवानपुरगढी गाउँपालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

बुढीचौरमा मिठे फाँपर र तिते फाँपरको खेती हुदै आईरहेको छ ।

पालिका प्रेस
थप जानकारी