मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पर्वतीय ताल निर्माण हुने भएको छ । १० वर्षदेखि करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिले थालेको ताल बनाउने अभियानले मुर्त रुप पाउने भएको छ ।

थाहा नगरपालिकाको मुख्य पर्यटकीय स्थल तथा मकवानपुर जिल्लाकै उच्च भागमा अवस्थित रमणीय स्थल सिमभन्ज्याङको निर्माणाधीन पर्वतिय कृतिम तालको निर्माणको लागि ठेक्का लागेको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको ८० लाख रुपैयाँको बजेटबाट ताल निर्माण हुन लागेको हो । ताल निर्माणका लागि स्यार्सेकाली बिल्डर्स प्रा लि ले ६१ लाख ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीले कार्यादेश लिई काम शुरु गरिसकेको छ ।

सिमभन्ज्याङमा तीन वटा ताल निर्माण गर्ने गरी थालिएको अभियानमा तालमा वोटिङ तथा लोपोन्मुख असला माछा संरक्षणको र फिसिङको समेत उदेश्य लिइएको छ । तालको निर्माणले थाहानगरमा भित्रने पर्यटनको बसाइँ लम्ब्याउन सकिने करुणा भुमी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोद कुमार लामाले बताए ।

पालिका प्रेस
थप जानकारी