फूलैफूलको पर्व तिहार सुरू भएको छ । घर–घरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थप्छ। तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन् ।

काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाईहुँदै गोवर्द्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ । आधा दशकअघिसम्म मकवानपुरको थाहा नगरसहित गाउँ–गाउँमा सयपत्री ढकमक्क हुन्थ्यो । त्यसयता सयपत्री यतिसम्म मासिएको थियो कि, तिहारमासमेत भारतीय गाउँहरूबाट फूल ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता छ । तैपनि गाउँमा धेरथोर फुल रोप्ने चलनै चाहिँ मासिएको छैन । यसले भएपनि फुलको मागलाई केही हदसम्म राहत मिलेको छ ।

थाहानगरको केही किसानका बारिका छेउकुनामा रोपेको फुलहरुसंलाई पालिका प्रेसका फोटो पत्रकार गणेश विष्टले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

हेर्नुहोस्, तस्बिरमा ‘फुल’:

 

गणेश विष्ट
थप जानकारी