एमालेका तर्फबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले विपक्षी गठबन्धनको उम्मेदवारले प्रचार गरेको जस्तो बजेट चित्लाङ–चन्द्रागिरी सडकमा बजेट बिनियोजन नभएको बताएका छन् । उनले गलत प्रचार गरेर विकासमा राजनीति गर्न नहुने उल्लेख गरे ।

चित्लाङमा आयोजित कार्यक्रममा बोल्दै उनले यो सडकको नेतृत्व हिजोदेखि एमालेले गरेको र भोलिपनि एमालेले नेतृत्व गर्ने र सडकबाट कम्प्लीट गरेरै छाड्ने प्रतिक्रिया दिए । यस्लाई चित्लाङ हुँदै डाँबासबाट मनहरी हुँदै चितवन जोडेर बैकल्पिक राजमार्गको विकास गर्ने उनको भनाइ थियो । पालुङदेखि चित्लाङ सम्म सिमेन्टको ढलान घर निर्माण हुन थालेकोमा दुःख व्यक्त गर्दै यो बेल्टको चित्लाङ, कुन्छाल, पालुङ, दामन क्षेत्रको कला संस्कृतिको संरक्षण गर्दै स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न पछि पर्न नहुने बताए ।

पालिका प्रेस
थप जानकारी