मकवानपुरको कैलाश गाउापालिकाले पालिकाको सेवा प्रवाहलाई प्रभावकारी र कर्मचारीहरुलाई जिम्मेवार बनाउनका लागि कार्यसम्पादन सम्झौता गरेको छ । यस अन्तर्गत गाउँपालिकाका अध्यक्ष लोक वहादुर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टबीच कार्य सम्पादन सम्झौता भएको छ भने प्रशासकीय अधिकृत विष्ट र मातहतका विभिन्न शाखा प्रमुखहरुसंग कार्यसंपादन संझौता भएको छ ।

 स्थानीय तह जनताको घरदैलोको सरकार भएकोले नागरिकसंग प्रत्यक्ष जोडीएका धेरै कामहरु हुने भएकाले कार्यालयको दैनिक प्रशासनीक कार्य लगायत विकास निर्माणसंग संबन्धीत कामहरु छिटो छरितो, सुशासनयूक्त र पारदर्शी ढंगबाट समयमा सम्पादन गर्न यो कार्य कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट जानकारी दिए । कर्मचारीहरुलाई उच्च मनोबलकासाथ जनताको सेवामा मुस्कानसहितको सेवा दिन यस अघि नै कैलाश गाउँपालिकामा हाजिर भएपछि प्रमुख प्रशासकीय अधिकृत विष्टले कर्मचारीको अनुपस्थीतीमा कुनैपनि सेवाग्राहीहरुलाई सहजै सेवा प्रदान गर्न सबै शाखा प्रमुुखहरुलाई कार्य विवरणसहित केही अधिकारहरु समेत प्रत्यायोजन गर्दै कामकाजमा सहजता गराएका थिए ।

कर्मचारीहरु बिदा वा कामको शिलशिलामा काज भ्रमणमा बस्दा २ दिनको बिदामा समेत लामो समयसम्म कार्यालयमा उपस्थित नहुने समस्याले गर्दा सेवाग्राहीहरुमा पर्न गएको असुविधाको कारण कुनै कर्मचारी कामको शिलशिलामा कार्यालयबाट बाहिर जाँदा अनिवार्य रुपमा लग बुक भरेर सूचना पार्टीमा लेखेर मात्र कार्यालयबाट बाहिर जाने व्यवस्था समेत कैलाश गाउँपालिकाले थालनी गरेको छ । यसबाट कुनै कर्मचारी कार्यालयमा अनुपस्थित हुँदा उसको सटृामा अर्को कर्मचारीले सेवाग्राहीको काम संपन्न गर्न सक्ने भएको हुँदा कामको लागि आएका सेवाग्राहीहरु खालीहात फर्कन नपर्ने गाउँपालिकाका अध्यक्ष लोक मोक्तानले बताए ।

पालिकाले गाउँबासीहरुलाई स्थानीय सरकारको अनुभुती दिई सुशासन र मर्यादित ढंगबाट कार्य संपादन गर्न कैलाश गाउँपालिका दृढ संकल्पकासाथ अगाडी बढि रहेको पालिकाका अध्यक्ष मोक्तानले बताए । यसका लागि पालिकाले आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी ढंगले संचालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए ।

पालिका प्रेस
थप जानकारी