नेपाल सरकारले आर्थिक वर्ष ०७९/८० को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मोटा धानको प्रतिकलिो २९ रुपैया ६७ पैसा र मध्यम धानको प्रतिकिलो ३१ रुपैया २८ पैसा रहेको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कूषकहरुले उत्पादन गरेको धान सरकारले तोकेको मूल्यमा सहकारी मार्फत खरिद गर्ने व्यवस्था गरेको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

कृषकहरुले सहकारी मार्फत धान बिक्री गर्दा प्रति केजी थप ४ रुपैया प्रोत्साहन अनुदान उपलब्ध हुने व्यवस्था गरेको शाखा प्रमुख चौधरीले बताए । प्रोत्साहनमध्ये २ रुपैयाँ उत्पादक कृषक र २ रुपैया खरिदकर्ता सहकारीलाई अनुदान उपलब्ध गराइने उनले बताए ।

पालिका प्रेस
थप जानकारी