मकवानपुरगढी गाउँपालिकामा किसानहरुले प्रयोग गरिरहेका किसान क्रेडिट कार्डको अनुगमन गरिएको छ । मकवानपुरगढीको वडा नम्बर ३ देवीडाँडाका ८ जना महिला कृषकहरुले गत वर्ष किसान क्रेडिट कार्ड मार्फत लिएको कर्जाबाट गरेको कामहरुको पालिकाले अनुगमन गरेको हो ।

नबिल बैंक लिमिटेड मक्रान्चुली शाखाका शाखा प्रबन्धक पुष्पराम महतो र मकवानपुरगढी गाउँपालिका कृषि शाखाबाट संयुक्त रुपमा अनुगमन गरिएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

अनुगमनको क्रममा किसानहरुले गाई खरिद गरेको, कसै कसैले गाई खरिदसँगैे गोठ सुधार गरेको पाइएको शाखा प्रमुख चौधरीले जानकारी दिए । किसानहरुले नियमित रुपमा दुध बिक्री गरि आम्दानी गरिरहेको समेत अनुगमनका क्रममा पाइएको छ ।

त्यस्तै किसानहरुसंगको अन्तरक्रियामा ऋणको रकम वृद्वि गर्दा कृषकहरु लाभान्वित भई व्यवसाय समेत वृद्वि हुने सुझाव दिइएको छ ।

पालिका प्रेस
थप जानकारी