फाइल फोटो

चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नाफामा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ३१ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ३७ लाख ३२ हजार घाटामा रहेको थियो । १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित तथा जगेडा कोष भने ३८ करोड १३ लाख ३९ हजार नोक्सानीमा रहेको छ । गत असार मसान्तमा यस्तो नोक्सानी ३९ करोड ४४ लाख ३६ हजार रहेकेा थियो ।

आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड ६४ लाख २२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले सर्भिस उपलब्ध गराउँदा २ करोड ३१ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै सञ्चालन तथा कर्मचारी खर्च ४ करोड ८५ लाख ३४ हजार रुपैयाँ छ ।

यस्तै कम्पनीले बैंकको लोन वापत ६ करोड ८६ लाख ३९ हजार खर्च भएको छ । कम्पनीले २ अर्ब ३३ करोड ६५ लाख ५३ हार रुपैयाँ कर्जा सापटी लिएको छ ।

असोज मसान्तमा कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहँदा प्रतिसेयर आम्दानी वाषिर्किकृत ३ रुपैयाँ ४० पैसा रहेको छ ।

पालिका प्रेस
थप जानकारी