फोटो सौजन्य: यादव जंग रायमाझी

वर्षा र चिसोका कारण कष्टकर जीवन विताइरहेका एक परिवारलाई मकवानपुर थाहा नगरपालिकाले त्रिपाल हस्तान्तरण गरेको छ । २०७२ सालको विनासकारी भूकम्पबाट घर क्षति भएपछि टहरामा बस्दै आएकी थाहा नगरपालिका वडा नम्बर ४ की चिनीमैयाँ नेपालीलाई त्रिपाल सहयोग गरेको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए ।

‘नेपाली बस्दै आएकी टहरो चुहिएर बस्ने नसक्ने अवस्थामा देखेपछि नगरपालिकालाई अनुरोध ग¥यौ, त्रिपाल प्राप्त भो हामीले छनो ढाकिदियौ’–सामाजिक अभियान्ता यादवजंग रायमाझीले भने । उनको दयनिय अवस्था देखेर थाहानगर उद्योग वाणिज्य संघले उपलब्ध गराएको ४ थान मण्डी पनि नेपालीलाई हस्तान्तरण गरिएको रायमाझीले जानकारी दिए । अप्ठ्यारोमा परेकालाई सहयोग गर्न सहजीकरण गरेकोमा अध्यक्ष कविराज खत्रीले खुशी व्यक्त गरे ।

पर्यटकीय नगरी थाहामा वर्षासंगै परेको हिउँमा मानिसहरु रमाइलो गरिरहँदा चिसो ओछ्यान र निभेको अँगेनो कुरेर बसेकी नेपालीलाई सहयोगका लागि रायमाझी, किशोर रायमाझी, अनिल विष्ट तथा साङ्गे लामाले सहजीकरण गरेका थिए । सहयोग पाएपछि नेपालीले भन्–ि‘हिउँदको चिसोमा बाँचिएला कि बाबु, सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।’ नेपाली एकल महिला हुन् ।

पालिका प्रेस
थप जानकारी