किसानहरुले बाली लगाउने बेलामा रसायनिक मल नपाएको गुनासो आएपछि मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बस्नेतले १२ मंसिरमा कृषि सामाग्री कम्पनि लिमिटेडको मल गोदाममै गएर निरीक्षण गरेका छन् । निर्वाचित भएपछी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमाणपत्र लिने बित्तिकै सांसद बर्तौला किसानले समयमानै मल नपाएको ‘एजेण्डा’ जितको प्रमाणपत्र बोकेर गोदाममा पुगेका हुन् ।

रासायनिक मल नपाएको गुनासो बढेकाले तत्काल मल वितरण गर्न निर्देशन दिनका लागि कृषि सामाग्री कम्पनि लिमिटेको हेटौंडा–२ सिद्धार्थ रोड स्थित गोदाममा गएर निरीक्षण गर्दै तत्काल किसानलाई मल वितरण गर्न निर्देशन दिएका हुन् । निर्वाचनमा उम्मेदवारी दिएका बेलामा हरेक समस्यामा आफु साथै रहेको बताएका बर्तौलाले आफ्ना क्षेत्रका नागरिकको समस्यामा सहजीकरणको काम सुरु गरेका हुन् । मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल गोदाममै थन्कीएको छ । तर, स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमानै मल वितरण गर्न थप समस्या भएको कृषि सामाग्री कम्पनि लिमिटेडका प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष बताए । मल आइसकेको विषयमा कार्तिकको अन्तिम साता पत्राचार गरिएको र अहिलेसम्म हेटौंडा उपमहानगरपालिका भन्दा बाहेकका क्षेत्रका स्थानीय स्थानीय तहले समयमानै समन्वय नगर्दा मल वितरणमा समस्या भएको छ ।

किसानलाई आवस्यक परेको समयमा तत्काल मल वितरण गर्ने वातावरण तयार गर्नका लागि सांसद बर्तौलाले निर्देशन दिए । गोदाम भरी मल भएपनि किसानले मल पाउन नसकेको समस्या छ मकवानपुर जिल्लामा आवस्यक मल अभावका कारण खेतबारीमा किसानले बढी मुल्य तिरेर मल खरिद गर्नुपर्ने अर्को बाध्यता पनि रहेको छ । तर, यो समस्या हुन नदिइकन सबै किसानले सहज रुपमा मल पाउने वातावरण तयार गर्नका लागि उनले निर्देशन दिए ।

पालिका प्रेस
थप जानकारी