साँकेतिक फोटो

मकवानपुरका बिकट गाउँमा बस्ती रित्तिँदै छन् । गाउँपालिकाहरुले विकासका पूर्वाधार गाउँसम्म पुर्याउनका लागि जोडबल गरिरहेका छन् । तर, पनि गाउँ बस्ती भने शहर केन्द्रीत हुन थालेका छन् । स्थानीय गाउँपालिकाहरुले गाउँमा विकास लैजादै गर्दा बस्ति वेसीतिर झर्न थालेका हुन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका लगायतका क्षेत्रको पनि बिकट क्षेत्रका नागरिकहरु सुबिधा खोज्दै डाँडाकाँडाबाट तल बेसीतिर झनै थालेका हुन् । आफ्ना ख्तबारी बाझै राखेर भएपनि र पुरानाघरहरु त्यसै खाली छोडेर पनि यहाँका वासिन्दाहरु बेसी झर्न थालेका हुन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ को नयाँगाउँ शिरान, खैरेनीको लेक लगायतका क्षेत्रका वासिन्दाहरु बेसी झरेकाले घरहरु रितै रहेको त्यहाँका स्थानीय नबराज हुमागाईले वताए ।

मकवानपुरका स्थानीय तहरुले किसानलाई गाउँमै बसेर काम गर्ने वातावरण तयार पार्नका लागि पशुपालन, बाख्रा पालनमा अनुदान दिदै आएको छ । खेती किसानी गर्नका लागि पनि गाउँपालिकाहरुले सहजताका लागि काम गर्दै आएका छन् । गाउँमा सडक निर्माण, बिजुली पुर्याउने, खानेपानीका सुबिधा पुर्याउने काम भइरहेको छ । तर, बस्ती भने डाँडाँकाँडाबाट बेसी झर्न झालेको स्थानीय वासिन्दाहरु वताउँछन् । ती गाउँमा बसाइँ सरेर खाली रहेका सयौं घरमध्ये छिटफुट रूपमा बसोबास गर्दै आएका स्थानीयमा उल्लास छैन । डाँडाबाट नियाल्दा बाक्लै बस्ती देखिन्छ । तर, त्यहाँ पुग्दा खण्डहर घर र मानव शून्य छ ।

खासगरी बसाइँसराइको चरम चपेटा भोग्दै आएका गाउँबस्तीमा सीमित संख्यामा बसोबास रहेका घरआँगनमा छरछिमेकको रिक्तताले सिंगो बस्ती शून्य–शून्य देखिन थालेको छ । गाउँमा बसाइँ सरेर खाली रहेका सयौं घरमध्ये छिटफुट रूपमा बसोबास गर्दै आएका स्थानीयमा उल्लास छैन । बाँकी बस्तीमा पनि भुसको आगो सल्किएझैं बसाइँसराइको क्रम बिस्तारै सर्दैछ । २–३ पुस्तादेखि बस्दै आएको गाउँघरलाई पछिल्लो पुस्ताले चटक्कै त्याग्दैछ । साविकको कुरुलेतेनुपा गाविसको गैरिगाउँ, बाजथला, ठूलागाउँ पूरै खाली भइसक्यो भने पनि हुन्छ ।

त्यसै छोडिएका कैयौं घर भत्किएका छन् त केही सग्ला घरको ढोकामा ताला लागेको छ । अधिकांश फुसले छाएका घर भएकोले सहजै भत्किन थालेका छन् । पछिल्लो केही वर्षभित्र बसाइँसराइको लहरले अधिकांश बस्ती शून्य बन्दै गएको गाउँपालिकाको कार्यालयमा रहेको तथ्यांकले पुष्टि गर्दछ ।

पालिका प्रेस
थप जानकारी