मकवानपुर थाहा नगरपालिकाको आयोजनामा भएको वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल ९ पुसमा हुने भएको छ । फाइनलमा थाहा नगरपालिका वडा नम्बर ४ र ९ भिड्ने भएका छन् ।

८ पुसमा थाहा २ लाई २–० गोल अन्तरले पराजित गर्दै थाहा–९ फाइनलमा प्रवेश गरेको हो भने थाहा–३ लाई १–० गोल अन्तरले पराजित गर्दै थाहा–४ फाइनलमा प्रवेश गरेको हो । ९ पुस विहान ११ बजे इन्द्रायणी चौर खेल मैदानमा फाइनल प्रतियोगिता हुने खेलकुद विकास समिति थाहानगरका सदस्य यादवजंग रायमाझीले जानकारी दिए । प्रतियोगितामा थाहा नगरपालिकाका ५ र ८ नम्बर वडा बाहेक अरु १० वटा वडाको टिम सहभागी रहेका थिए ।

  थाहानगरको इन्द्रायणी चौर खेल मैदानमा ५ पुसबाट संचालन भैरहेको प्रतियोगिता स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । वडास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु यहि २६ पुसबाट आयोजना हुने थाहा गोल्डकप प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

९ पुससम्म संचालन हुने प्रतियोगिताका विजयी टिमलाई ३० हजार नगद शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेतालाई १५ हजार र तेस्रो र चौथो स्थानकालाई ५÷५ हजार रुपियाँ पुरस्कार दिइने थाहा नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी