मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको प्रशासकीय भवनको १३ पुसमा शिलान्यास गरिएको छ । पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको सभाध्यक्षता तथा प्रतिनीधि सभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यमा शिलान्यास गरिएको हो ।

५ तले भवन करिब १० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको ईन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिए । भवन २०८० साल असोज मसान्तसम्म निर्माण गरिसक्ने गरी निर्माण कम्पनिसँग सम्झौता भएको उनले बताए । कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले प्रशासकीय भवन निर्माण लगत्तै गाउँपालिकाको विकासमा लाग्ने प्रतिबद्धता जनाए ।

उनले गाउँपालिकाको सेवा प्रवाहमा राजनीतिक पूर्वाग्रहमा नराख्न अनुरोध गरे । भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमा लामा, वडा अध्यक्ष, सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी