हेटौंडा उपमहानगरपालिकाले कार्यसम्पादनका आधारमा दुई उत्कृष्ट वडालाई पुरस्कृत गरेको छ । पालिकाको १२ औं नगरसभाको अवसरमा वडालाई परस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा १४ नम्बर वडा पहिलो र १५ नम्बर वडा दोस्रो भएका छन् । आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वडा स्तरीय कार्यक्रम समयमै कार्यकुशलता पूर्वक कार्यान्वयन गर्ने क्रममा १४ र १५ नम्बर वडालाई पुरस्कृत गरिएको हो ।

पुरस्कार स्वरुप १४ नम्बर वडाले २० लाख रुपैयाँको थप बजेटसहितका योजना र १५ नम्बर वडाले १५ लाख रुपैयाँको थप बजेटसहित योजना पाएको छ । १४ नम्बर वडाका अध्यक्ष दिपक खड्का र १५ नम्बर वडाका अध्यक्ष सुनिल मोक्तान पुरस्कृत भएका छन् । उनीहरुले वडालाई उत्कृष्ट बनाउने भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् ।

पालिका प्रेस
थप जानकारी