थाहा नगरपालिकामा संचालनमा रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक कारोवार ४ करोड २१ लाख पुगेको छ । संस्थाको लगानी ३ करोड रुपैयाँ पुगेको सहकारीले जनाएको छ । संस्थाको २२ औं साधारणसभाको अवसरमा प्रस्तुत प्रतिवेदनमा ९ लाख ३३ हजार खुद नाफा गर्न सफल भएको उल्लेख छ ।

सहकारी संस्थाले २६ पुसमा दामनमा सेयर सदस्यहरुको उपस्थितीमा साधारण सभा सम्पन्न गरेको छ । सभामा अध्यक्ष शिवकुमार खत्रीले छिटो छरितो भरपर्दो र विश्वसनिय सेवा प्रदान गर्दै संस्थाले कृषि पर्यटन, व्यापार, वैदेशिक रोजगार लगायतमा सेवा पुर्याउदै सहकारी अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य तथा ज्येष्ठ सदस्यहरुलाई साधारणसभाको अवसरमा सम्मानित गरिएको छ । सम्मानित हुनेमा ज्येष्ठ नागरिकतर्फ सुनकुमारी थिङ, मान बहादुर भोम्जन र रमेश रायमाझी रहेका छन् । उनीहरुलाई सभाका प्रमुख अतिथी तथा ४ नम्बर वडाका अध्यक्ष नारायण लामाले दोसल्ला तथा सम्मान पत्र प्रदान गरे । त्यस्तै असल बचत तर्फ सीता लामा, राजन गोपाली तथा गंगालाल प्रधान सम्मानित भए भने उत्कृष्ट कर्जातर्फ मनश्याम बस्नेत, माइली गोले र ईश्वर प्रसाद ढकाल सम्मानित भए ।

संस्थाको सेयर पुँजी ७८ लाख २४ हजार पुगेको छ । सभामा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, नगर कार्यपालिका सदस्य चन्द्रमाया बल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष अरुण रायमाझी, शिखर बचतका अध्यक्ष मधुसूदन बिष्ट, सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ, मुक्तिनाथ हरियाली कृषि सहकारीको अध्यक्ष माधव कार्की, फरक सोचका अध्यक्ष यादव रायमाझी, थाहा ४ नम्बर वडाका पुर्व अध्यक्ष दिपक सिंह लामा, थाहा कृषि सहकारीका सचिव केशव सुनार, पाथिभरा सहकारीका अध्यक्ष गोकर्ण बरुवाल, दामन चेली समाजकी अध्यक्ष जयन्ती रायमाझीलगायतका आतिथ्यता रहेको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष शिवकुमार खत्री, लेखा समिती सदस्य कुमार नेगीले आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन सभाबाट पारित भएको छ ।

पालिका प्रेस
थप जानकारी