काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका गाडीहरुमा जीपीएस ट्रयाकिङ उपकरण जडान गर्ने भएको छ ।

कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउने उदेश्यका साथ जीपीएस जडान गर्न लागिएको मेयर घनश्याम गिरीले जानकारी दिए ।

‘यो उपकरण जडान पछि बिदाका दिन सरकारी गाडीको प्रयोगमा नियन्त्रण आउने विश्वास लिएका छौं । साथै सरकारी गाडी चोरी हुँदा पनि तत्काल पत्ता लगाउन यसले सघाउँछ’ मेयर गिरीले भने ।

पालिका प्रेस
थप जानकारी