मकवानपुर थाहानगरमा संचालनमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभाबाट अध्यक्षमा मनोज रायमाझी निर्विरोध निर्वाचित भएका छन । साधारणसभाले संचालक समिती, लेखा समिति र ऋण उपसमितीका सदस्यहरु निर्विरोध निर्वाचित गरेको प्रमुख निर्वाचन अधिकृत कृष्ण बहादुर बिष्टले जानकारी दिए ।

साधारणसभाले संस्थाको ४ वर्षे कार्यकालको लागि उपाध्यक्षमा रामचन्द्र बिष्ट, सचिव सहदेव ढकाल, कोषाध्यक्ष निरज रायमाझी र सदस्यहरु विनोद बस्नेत, उर्मिला गोपाली, नेत्र केसी र कृष्णा रायमाझी निर्विरोध चयन गरेको हो । लेखा समिती संयोजकमा लक्ष्मी कार्की, सदस्यहरु ज्ञानेश्वर रायमाझी, विनोद बस्नेत निर्विरोध भएको निर्वाचन अधिकृत राजन मिश्रले बताए ।

त्यस्तै ऋण उपसमिति संयोजकमा जयन्ती रायमाझी, सदस्य रमेश खड्का र निरज रायमाझी चुनिएका छन। निर्वाचित कार्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत कृष्ण बहादुर बिष्टले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सहकारी विनियम अनुसार कार्यसमितिको कार्यकाल ४ रहेको छ । संस्थाले नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै निवर्तमान अध्यक्ष मधुसूदन बिष्टलाई सम्मान सहित बिदाई गरेको छ । निवर्तमान अध्यक्ष बिष्टको संस्थाप्रतिको लगावलाई अनुसरण गर्दै संस्थाको हितमा लाग्ने नवनिर्वाचित अध्यक्ष मनोज रायमाझीले बताए ।

सहकारीको कारोबार ९ करोड पुग्यो

शिखर बचत तथा ऋण सहकारी संस्थाको कारोबार नौ करोड २० लाख पुगेको छ । संस्थाको १८ पुसमा भएको साधारणसभामा यस्तो प्रतिवेदन प्रस्तुत गरिएको हो । सभाले अध्यक्ष मधुसूदन विष्टको प्रतिवेदन तथा कोषाध्यक्ष मनोज रायमाझीले आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पास भएको छ । सभामा अध्यक्ष बिष्टले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको लापरबाहीले गर्दा सहकारीहरुको जनविश्वास घट्दै जानुले असल सहकारीलाई पनि असर परेको उल्लेख गरे । आगामी दिनमा बागमती प्रदेश सहकारी संस्थाको सदस्य हुने, राष्ट्रिय सहकारी बैंक मार्फतको कारोबार र च्वाइस नेपाल र शिखर बचतको सम्बन्धलाई निरन्तरता दिदै सदस्य हितकोषको व्यवस्था गर्ने भावी रणनीति भएको उल्लेख गरे । सो क्रममा च्वाइस नेपाल संगको साझेदारीमा उत्कृष्ट कृषक तथा उद्यमी पुरस्कार,व्यावसायिक तालिम, टनेल बितरण, रिवेट कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराए ।

 संस्थाका कोषाध्यक्ष मनोज रायमाझीले आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाको सेयर पुँजी १ करोड २४ लाख २४ रहेकोमा आर्थिक बर्ष २०७८/०७९ मा १ करोड ३८ लाख पुगेको सभामा जानकारी गराए । सहकारीले ५ करोड ७९ लाख निक्षप संकलन, ६ करोड ४४ लाख रुपैया लगानीबाट १७ लाख मुनाफा गर्न सफल रहेको प्रतिवेदनमा रायमाझीले उल्लेख गरे । संस्थामा १ हजार ३ सय भन्दा बढी सदस्य छन् ।

साधारणसभाको अवसरमा च्वाइस नेपाल र शिखर बचतको संयुक्त रूपमा उद्यमी व्यवसायी पुरस्कार बाट १० जना सदस्यलाई सम्मान गरिएको छ । संस्थाले किरण गोपाली, सरोज उप्रेती, श्याम थापा, भवानी श्रेष्ठ, सुनिता कुवर, रत्न कुमारी गोले, होटल पाइनस, श्यामकाजी गोपाली, बिक्रम रायमाझी, रामशरण बिष्टलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुलाई प्रमुख अतिथी थाहानगर उपप्रमुख भरत गोपालीले नगद तथा सम्मानपत्र वितरण गरेका थिए । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन अन्तर्गत पालुङ क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्यनरत थाहा २ कि रुपा बिष्टलाई छात्रवृत्ति प्रदान गरेको छ । सो अवसरमा सहयोगी संस्था च्वाइस नेपाललाई प्रसंसापत्रद्वारा सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष मधुसूदन विष्टको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो । च्वाइस नेपालका सामाजिक विकास विशेषज्ञ प्रताप घिमिरेको विशिष्ट आतिथ्यता रहेको साधारणसभामा वडा नम्बर ४ का अध्यक्ष नारायण लामा ,४ कै वडा सदस्य शान्ती बिश्वकर्मा वडा नम्बर ३ का सदस्य कृष्णकुमार कार्की, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष अरुण रायमाझी, सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ, फरक सोचका अध्यक्ष यादव रायमाझी, थाहा कृषि सहकारीका सचिव केशव सुनार, पाथिभरा सहकारीका अध्यक्ष गोकर्ण बरुवाल, दामन चेली समाजका उपाध्यक्ष राधिका रायमाझी, ग्रामीण पर्यटन सहकारी संस्थाका पुर्व अध्यक्ष तथा समाजसेवी निरन्जन अधिकारी, दिव्यतारा बहुउद्देश्यीय सहकारी पालुङ सेवा केन्द्रका व्यवस्थापक राममाया खत्री, मंगलदिप बचत तथा ऋण सहकारी पालुङ सेवा केन्द्रका व्यवस्थापक गणेश बिष्ट, सेन्चुरी डेभपमेन्ट बैंकका शाखा प्रबन्धक आशिष गौतम, कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री, लालिगुरास बहुउद्देश्यीयका नानिछोरी प्रधानलगायतका आतिथ्यता रहेको थियो ।