मकवानपुरको विकट कैलाश गाउँपालिकामा एकसाथ दुईवटा सडक आयोजना शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको समपुरक अनुदानबाट निर्माण हुने ९÷९ किलो मिटरको दुईवटा सडक आयोजनाको शुक्रबार साथ शिलान्यास गरिएको हो ।

शुक्रबार एक कार्यक्रकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान र उपाध्यक्ष बालकुमार मल्लले १८ किलो मिटर बराबरको दुवै सडक आयोजनाको शिलान्यास गरेका हुन् । बागमती प्रदेश सरकारको सममुरक बजेट मार्फत गाउँपालिकाले ठेक्का प्रकृयाबाट वडा नम्बर–१० को बेतिनि गिम्दी आमडाँडा थाक्ले सडक र कैलाश ८ र २ को भार्ता सानो डाँडाखर्क कैलाश सडक निर्माण गर्न लागेको हो ।

कुल १८ किलो मिटरको उक्त दुवै सडक आयोजनको ठेक्का एस एम कन्ट्रक्सनले पाएको छ । कन्ट्रक्सनले कैलाश–१० स्थित बेतिनि गिम्दी आमडाँडा थाक्ले सडकको ठेक्का १ करोड ७१ लाख ६७ हजार ६१८ रुपैया र कैलाश–८ र २ मा पर्ने भार्ता सानो डाँडाखर्क कैलाश सडकको १ करोड ९४ लाख ८४ हजार २७१ रुपैयामा आगामी २०८० साल जेठ २६ गते भित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का पाएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले बताए ।

पालिका प्रेस
थप जानकारी