मकवानपुर थाहा नगरपालिकाको वित्तिय प्रगती कमजोर पाइएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको २० पुससम्मा जम्मा २३.८८ प्रतिशत मात्र वित्तिय प्रगती हासिल गरेको छ । पालिकाको २८ पुसमा भएको १२ औं नगरसभामा प्रस्तुत गरेको नीति कार्यक्रम एवम् बजेट समिक्षा सहितको संशोधित बजेट वक्तव्यमा यस्तो उल्लेख गरेको हो । वक्तव्य अनुसार कुन वित्तिइ प्रगतीमा चालु खर्च ३५.९ र पुँजीगत खर्च १४.९३ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको हालसम्मको अवधिमा संघीय सरकारमार्फत आयतर्फ समानीकरण अनुदान तर्फ ७ करोड ८ लाख ८३ हजार ३ सय ३३, सशर्त अनुदान चालु १४ करोड ३० लाख ५० हजार, विशेष अनुदान पुँजीगत ३३ लाख ३३ हजार ३ सय ३३ र समपुरक अनुदान पुँजीगत २६ लाख ६६ हजार ६ सय ६६ रुपियाँ प्राप्त भएको छ । बागमती प्रदेश सरकारबाट समानीकरण अनुदान प्राप्त गर्न सकेको छैन । सशर्त अनुदान चालु ६० लाख ६० हजार, विशेष अनुदान १८ लाख ७५ हजार, समपुरक अनुदान ७४ लाख ११ हजार २ सय ५० र राजश्व बाँडफाँड तर्फ संघ र प्रदेश सरकारबाट ४ करोड ५४ लाख ६५ हजार तथा आन्तरिक स्रोत राजश्व शुल्क गतवर्षको बैंक मौज्दात अल्या समेत गरी २८ करोड ५७ लाख १ हजार ६ सय १८ अर्थात चालु आर्थिक वर्षको अनुमानित आयको ४८ प्रतिशत आम्दानी गरेको छ ।

त्यसैगरी खर्चतर्फ कार्यलय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ हालको अवधिसम्म ५ करोड २३ लाख ५७ हजार अर्थात ४६.४२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६४ लाख ४० हजार ३ सय २ अर्थात १०.१९ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ ९ करोड ४० लाख ३९ हजार २ सय ८६ अर्थात १८.१८ प्रतिशत, सामाजिक विकास क्षेत्र तर्फ १२ करोड ४२ लाख ६८ हजार १ सय ७७ अर्थात ३०.२२ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ २३ लाख ६६ हजार ४ सय ६९ अर्थात २.७ प्रतिशत समेत गरी कुल २७ करोड ९४ लाख ७१ हजार २ सय ४९ अर्थात २३.८८ प्रतिशत खर्च भैसकेको अवस्था रहेको छ । जसमा चालु खर्च ३५.९ र पुँजीगत खर्च १४.९३ प्रतिशत खर्च भएको छ ।

थाहा नगरपालिकाको विभिन्न पाँच विषय क्षेत्र मध्ये सबैभन्दा बढि प्रगती सामाजिक विकासमा ३०.२२ र सबैभन्दा कमजोर आर्थिक विकास २.७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/०८० को लागि कुल बजेट १ अर्ब १७ करोड २ लाख १२ हजार ८ सय ६२ रुपियाँ विनियोजन गरिएको छ ।

यसैबीच थाहानगरले १२ औं नगरसभामा चालु आर्थिक वर्षको साउनबाट हालसम्म संचालन भएको कार्यक्रमहरुको मसिनो ढंगले समिक्षा गरेको छ । पालिकाको विभिन्न ५ विषय क्षेत्रमा ९५ बुँदामा समिक्षा गरिएको छ । समिक्षाले आगामि योजना कार्यान्वयनमा बल मिल्ने जनाइएको छ । तर समग्रमा भने पालिकाको प्रगति कमजोर रहेको छ ।

पालिका प्रेस
थप जानकारी