मकवानपुरको थाहा नगरपालिकाले पालिकाका कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाले १२ नगरसभाको अवसरमा कर्मचारीहरुलाई परस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा थाहा नगरपालिकाका पुरुष कर्मचाहरुरीहरु मध्येबाट प्रशासन शाखा अधिकृत छैठौं उमेश श्रेष्ठ, महिलातर्फ महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान, वडा सचिवहरु मध्येबाट वडा नम्बर १ की वडा सचिव अनु रुपाखेती, स्वास्थ्य सेवातर्फ बज्रवाराही स्वास्थ्य चौकीकी अनमी सितामाया जिरेल र कार्यालय सहयोगीहरु मध्येबाट वडा नम्बर २ का विन्दुकुमार श्रेष्ठलाई प्रसंसापत्र सहित सम्मान गरिएको छ ।

सम्मानित सबैलाई नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले सम्मान पत्र प्रदान गरे । कर्मचारीहरुले आफ्नो उत्कृष्टता कायम राख्दै आगमि दिनका थप अब्बल सेवा प्रदान गर्न आग्रह गर्दै नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले शुभकामना दिए । थाहानगरले वर्षेनी कर्मचारीहरुको मूलयाङ्कन गर्दै पुरस्कृत गर्ने गरेको छ ।

 

पालिका प्रेस
थप जानकारी