मकवाकनपुर थाहा नगरपालिका नम्बर २ फाँटबजारमा रहेको मुक्तिनाथ हरियाली कृषि सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा ३० पुसमा भएको छ । सभामा संस्थाका अध्यक्ष माधव कार्कीले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन पास भएको छ ।

मुक्तिनाथ हपरयालीले शेयर पुँजी वृद्धि लगायत सहकारी सुपथ मूल्य पसल संचालन, मल बीउ, विषादीलगायत कृषि सामाग्री वितरण गर्ने गरेको अध्यक्ष कार्कीले बताए । सहकारी पसल मार्फत सुपथ मुल्यमा दैनिक उपभोग्य सामान, उन्नत जातका बिउबिजन, भेटेनरी समेतको व्यवस्था गरि आफ्ना सदस्यहरुलाई सेवा सुविधा दिदै आइरहेको कार्कीले बताए। थाहा नगरको दिनचर्या कृषि कर्म भएकोले किसानहरूले किन्ने मल, बिउबिजन, पोषकतत्वको बजार मूल्य बढी भएकोले गुणस्तरीय र सरल मुल्यमा कृषि सामाग्री उपलब्ध गराउन नगर भित्र रहेका कृषि सहकारीहरुले जोड दिनुपर्ने प्रमुख अतिथी थाहाका २ नम्बर वडा अध्यक्ष बम बहादुर सिनतानले बताए । उनले संस्थाको प्रगतीको शुभकामना व्यक्त्त गरे ।

मकवानपुर जिल्ला सहकारी संघका राजकुमार केसीले कृषि सहकारीहरुले उत्पादित कृषि जन्य बस्तुलाई बजार मुल्यमा विक्री बितरण गर्न सहजीकरण गर्नुपर्नेमा जोड दिए । केसीले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह समेत गरे। संस्थाको हाल शेयर पुँजी १४ लाख १९ हजार र निक्षप ८ लाख ४५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभालाई संस्थाका उपाध्यक्ष तुलसा बिष्टले संचालन गरेकी थिइन् ।

कार्यक्रममा २ नम्बर वडा सदस्य युवराज विष्ट, शुभारम्भ कृषि सहकारीका अध्यक्ष बिक्रम विष्ट, पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्की, मंगलदिप बचत तथा ऋण सहकारीका व्यवस्थापक गणेश बिष्ट, थाहापाटीका कार्यकारी सम्पादक शम्भु अधिकारी, घाटदेवी निमाविका अध्यक्ष वीर बहादुर तामाङ, पाथीभरा सहकारीका अध्यक्ष गोकर्ण बरुवाल, दिपज्योती बोर्डिङका संस्थापक रामशरण थापा लगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी